प्रधानमन्त्री देउवालाई कमल थापाको आग्रह- ‘राजालाई गाली होइन सुशासन दिनुहोस्’

लोकपथ
429
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवालाई राजाप्रति आक्रोश व्यक्त नगर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव जितेर शासन गर्न भन्दै चुनौति दिएका थिए । सोही प्रसंगलाई उल्लेख गर्दै नेता थापाले राजाविरुद्ध आक्रोश नभइ सुशासन दिन आग्रह गरे ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकाछन्, ‘प्रम देउवालाई आग्रह । राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।’

राजालाई गाली गरेर राज गर्ने समय नभएको बताउँदै नेता थापाले संघीय गणतन्त्र समेत असफल भइसकेको दाबी गरहेका छन् । उनले भनेका छन्, ‘संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

त्यस्तै न्यायालयमा हड्ताल, संसद अवरुद्ध भ्रष्ट्राचार बढेकोतिर ध्यान दिन नेता थापाले आग्रह गरेका छन् ।

‘न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?