डडेलधुरामा एमालेलाई धक्का : जिल्ला अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश

लोकपथ
520
Shares

डडेलधुरा । नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशीसहित बहुसंख्यक जिल्ला कमिटीका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको छन् । नेकपा एमालेको १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका जोशीसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

बुधबार एक कार्यक्रमकाबीच जोशीसहित जिल्ला कमिटीका ७५ प्रतिशत सदस्यहरु एमाले छाडेर समाजवादीमा प्रवेश गरेका हुन् ।नवप्रवेशीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यान्वयन गर्न नसकेको भन्दै सुदूरपश्चिममा असन्तुष्टी बढिरहेको छ । यसैक्रममा जोशीसहित प्रेस चौतारी लगायत एक दर्जन जनवर्गीय संगठनका प्रतिनिधिहरु समेत एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै आज नै दार्चुलामा समेत एकीकृत समाजवादीले ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । वीरबहादुर ठगुन्नाको अध्यक्षतामा गठित कमिटीलाई अध्यक्ष नेपालले स्वागतसहित सपथ ग्रहण समेत गराएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?