बिहान खाली पेटमा खानै पर्ने ५ खानेकुरा, जसका फाइदा अनेकौँ छन्

लोकपथ
2k
Shares

कोरोना सङ्क्रमण भयावह बन्दै गएपछि धेरैले आफ्नो खानपिनमा व्यापक परिवर्तन ल्याउनुका साथै स्वस्थे खानपिनतर्फ ध्यान आकृष्ट गर्न थाले । कोरोना सङ्क्रमणको समयमा शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन विभिन्न किसिमका खानेकुरालाई विशेष रुचिका साथ खान समेत सिके ।

हामीले दैनिक रूपमा आगोमा पकाएर र नपकाई खानेकुराको सेवन बढी नै गरिरहेका हुन्छौँ । केही यस्ता खानेकुरा पनि छन् जसलाई एक रात भिजाएर खाएमा त्यसबाट अरू खानेकुराको भन्दा अधिक फाइदा शरीरले लिन सक्छ । यस्ता किसिमका खानेकुराले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनु साथै मस्तिष्कदेखि पैतलासम्मको हड्डीलाई फाइदा गर्ने गर्छ ।

यो लेखमा हामी केही यस्ता खानेकुराको चर्चा गर्दै छौ, जसलाई एक रात भिजाएर वा अङ्कुरित गरेर खाँदा शरीरलाई बढी फाइदा हुन्छ ।

मेथीको दाना

मेथीको प्रयोग हाम्रो भान्छामा खानेकुराको स्वाद बढाउनका लागि नियमित रूपमा प्रयोग हुँदै आएको छ । यदि मेथीको दानालाई बिहान खाली पेटमा खाएमा स्वास्थ्यमा धेरै किसिमका फाइदा गर्छ । यसमा फाइबर र फस्फोरसको मात्रा धेरै भएको कारण यसले हाम्रो पाचन तन्त्रलाई विशेष फाइदा गर्छ । मधुमेह भएको व्यक्तिले बिहान खाली पेटमा अघिल्लो रात भिजाएको मेथीको सेवन गर्ने हो यो समस्यामा धेरै राहत मिल्छ । यसको नियमित सेवनले दाँत र हड्डीलाई बलियो बनाउन समेत मद्दत गर्छ ।

देशी बदाम

देशी बदाममा प्रचुर मात्रामा फाइबर रहेको हुन्छ । जसले पाचन तन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । अघिल्लो राती भिजाएको देशी बदामलाई बिहान खाली पेटमा खाने हो भने यसले कब्जियतको समस्या पनि हुन दिँदैन भने यसले पेटमा रहेको एसिडिटीको समस्यालाई पनि कम गर्छ । भिजाएको बदाम सेवन गर्दा मस्तिष्कको स्मरण क्षमतामा पनि वृद्धि गर्छ । देशी बदाममा प्रोटिनको मात्रा धेरै हुने हुनाले यसको सेवनले शरीरको मांसपेशीलाई बलियो समेत बनाउँछ ।

आलस

आलसको दानामा प्रोटिन, आइरन र ओमेगा थ्री फ्याट्टि एसिड हुन्छ । यो तत्त्व हाम्रो शरीरको लागि धेरै नै उपयोगी मानिन्छ । आलसको दानालाई अघिल्लो रात भिजाएर भोलिपल्ट बिहान खाने हो भने यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउन मद्दत गर्छ । आलसको दानामा प्रोटिन पनि रहेको हुन्छ । यसले शरीरको मांसपेशीलाई समेत बलियो बनाउन मद्दत गर्छ ।

दाख वा किसमिस

दाख व किसमिसलाई अघिल्लो रात भिजाएर बिहान खाली पेटमा खाने हो भने यसले शरीरमा भएको एनिमिया, किड्नीमा रहेको पत्थरी, छालाका विभिन्न समस्या र पेटका धेरै किसिमका समस्याहरूलाई हटाउन मद्दत गर्छ । दाखमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर प्रचुर मात्रामा पाइन्छ । यसमा रहेको पोटासियमले हाई ब्लड प्रेसरको समस्यालाई कम गर्न मद्दत गर्छ । यसमा प्राकृतिक रूपमा गुलियो पदार्थ रहेको हुन्छ जसले शरीरलाई कुनै किसिमको हानी गर्दैन ।

मुङको दाल

मुङको दाललाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । मुङको दाललाई भिजाएर टुसा उम्रिएपछि खानु सबैभन्दा राम्रो मानिन्छ । यसरी सेवन गर्दा यसमा प्रोटिन, फाइबर र भिटामिन बिको मात्रा पर्याप्त हुन्छ । यसको नियमित सेवनले पाचन प्रणालीलाई राम्रो गर्नुका साथै कब्जियत र ग्याँसको समस्याबाट समेत छुटकारा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?