सफल भए त मोदी ?

काठमाडौँ- भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै राजनीतिक तहमा पुगेको भनिएको नेपाल–भारत सम्बन्ध उनको पहिलो नेपाल भ्रमण (२०७१ साउन) को चार महिनामै ढल्न पुग्यो । अहिलेको ‘तीर्थाटन भ्रमण’ त्यसैलाई सच्याएर पुरानै स्तरमा पुर्‍याउने पहल रहेको धेरैको बुझाइ छ । त्यसमा सफल भए त मोदी ?

‘धार्मिक पर्यटकीय भ्रमण देखाएर सम्बन्धलाई पूर्ववत् अवस्थामा फर्काउन भारतका तर्फबाट भएको यो पहल विश्वमा देखा परेको नयाँ विकसित समीकरणको एक थालनी हो,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने, ‘त्यस्तो थिएन भने तत्काल भ्रमण आवश्यक थिएन । भ्रमण हुनु राम्रो हो । तर यो निकै छिटोझैं देखिन्छ ।’ उनले नेपालको पर्यटन विकासमा भने यो भ्रमण उपलब्धिमूलक रहेको बताए । थपे, ‘अन्य हिसाबले नेपाललाई खासै केही भएजस्तो लाग्दैन ।’
कान्तिपुर लेख्छ- करिब तीन वर्षअघिको १६५ दिने नाकाबन्दीका कारण दुखेको नेपाली मन नसम्हालिँदै तेस्रो पटक नेपाल आएका मोदीले अप्रत्यक्ष नै भए पनि आत्मालोचना गर्लान् भन्ने धेरैको अपेक्षा थियो तर उनी त्यसको नजिकसम्म परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?