एक नेपालीले पठाउँछन् चार हजार डलर रेमिट्यान्स

 काठमाडौं- सन् २०१७ मा विदेशमा काम गर्ने नेपालीले औसतमा करिब चार हजार डलर रेमिट्यान्स (विप्रेषण) पठाएको देखिएको छ, आजको अभियान दैनिकमा खबर छ ।
 गत वर्ष नेपालमा विप्रेषण आप्रवाह करिब दोहोरो अंकले बढेको र विदेश जानेको संख्या केही घटेकाले प्रतिआप्रवासी विप्रषण बढेको अनुमान छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफडी)ले सार्वजनिक गरेको 'रेमिट्यान्स मार्केट्स एन्ड अपर्चुनिटिज इन एसिया एन्ड द प्यासिफिक' शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो। 
संस्थाको प्रतिवेदनअनुसार सन् २०१७ मा नेपालले छ अर्ब ९४ करोड ७० लाख डलर विप्रेषण भित्र्याएको छ। सन् २०१६ को तुलनामा यो रकम ९.८ प्रतिशत बढी हो। यो अवधिमा कुल १७ लाख ३८ हजार ४४२ नेपाली विभिन्न मुलुकमा कार्यरत रहेको अनुमान छ। त्यसैको आधारमा गतवर्ष हरेक आप्रवासी नेपालीले औसतमा तीन हजार ९९६ डलर घरमा पठाएका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?