बितेको २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु, कति थपिए संक्रमित ?

लोकपथ
507
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको ६ हजार ८१४ जनाको नमूना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षणमा ३८७ जना र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षणमा ५३ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ४७४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ७ हजार ५१९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?