आशुतोष राणा : सजिलो थिएन गाउँदेखि मुम्बईसम्मको यात्रा, आज करोडौँका मालिक

लोकपथ
9.4k
Shares

काठमाडौं । आशुतोष राणाले नोभेम्बर १० मा आफ्नो ५४ औं जन्मदिन मनाउँदै छन् । उनी सबै प्रकारका भूमिकामा फिट हुने बलिउड कलाकारको सूचीमा परेका छन् । आशुतोषको जन्म मध्य प्रदेशको एउटा सानो गाउँमा भएको थियो । उनलाई बाल्यकालदेखि नै अभिनयको मन थियो । हरेक दशहरामा पनि उनी रावणको भूमिका अभिनय गरेर मनोरञ्जन गर्थे।

उनले बलिउडमा पाइला राख्छु भन्ने सोचेका थिएनन् । आशुतोष राणाको जन्मदिनमा उनी कसरी गाउँदेखि मुम्बईसम्म पुगे र करोडौंको सम्पत्तिका मालिक बने भन्ने बारेमा हामी चर्चा गर्दै छौँ ।

आशुतोष राणा

११ पास गरेपछि गाउँमा बजेको थियो ढोल : 

१० नोभेम्बर १९६७ मा मध्य प्रदेशको गदरवाडामा जन्मिएका आशुतोषको जीवनसँग जोडिएको एउटा किस्सा निकै चर्चित छ । जब आशुतोष कक्षा ११ मा पास भए, उनको नतिजा लरीमा सजाएर गाउँभर घुमाइएको थियो । यति मात्र होइन गाउँभर ढोल बजाएर उनको स्वागत गरिएको थियो । पढाइलाई निरन्तरता दिएर एलएलबी पढेपछि उनी वकालतमा करियर बनाउन चाहन्थे, तब उनका एक शिक्षकले उनलाई अभिनयमा करियर बनाउने सल्लाह दिए र उनी सबै कुरा छोडेर दिल्लीको एनएसडी (नेशनल स्कूल अफ ड्रामा) मा अभिनय सिक्न आए ।

आशुतोष राणा

टीभीबाट गरेका थिए एक्टिंग सुरुआत : 

आशुतोष राणाले टीभी सिरियल स्वाभिमानबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । यस सिरियलमा उनी गुण्डाको भूमिकामा देखिएका थिए । त्यसपछि उनले फर्ज, षड्यन्त्र, कभी कभी र वारिस जस्ता टिभी शोहरू गरे। आफ्नो उत्कृष्ट अभिनयका कारण उनी चाँडै फिल्ममा पनि देखिन थाले । तमन्ना, कृष्ण अर्जुन, दुश्मन, गुलाम जस्ता फिल्ममा काम गरे पनि उनले आफ्नो वास्तविक पहिचान चलचित्र संघर्षबाट पाएका थिए ।

यो फिल्मको सफलतापछि आशुतोषले बादल, राज, अनर्थ, हासिल, कलियुग, जिला गाजियाबाद, शोरगुल, सोनचिडिया, युद्ध र पगलत जस्ता धेरै उत्कृष्ट फिल्महरूमा काम गरे। आशुतोष राणाले हिन्दी मात्र नभई बंगाली, मराठी, तेलुगु र तमिल फिल्ममा पनि काम गरेका छन् ।

आशुतोष राणा, रेणुका शहाणे र उनका छोराछोरी

करोडौँका मालिक आशुतोष राणा :

मिडिया रिपोर्टका अनुसार आशुतोष राणाको कुल सम्पत्ति करिब ४६ करोड रुपैयाँ रहेको छ । फिल्मसँगै उनले धेरै ब्रान्डको पनि समर्थन गर्छन् । मुम्बईमा आलिशान घरसँगै उनीसँग पजेरो, बीएम डब्ल्यू जस्ता कार पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?