अन्डाको सेतो भागले शरिरलाई बढी फाइदा दिन्छ या पहेँलो भागले ?

एजेन्सी/अन्डाको सेतो भागले शरिरलाई बढी फाइदा दिन्छ या पहेँलो भागले ? धेरैमा  चासो सहन्छ | अन्डाको पहेलो भाग भन्दा यसको सेतो भागमा बढी प्रोटिन पाइन्छ । धेरै मानिसलाई, अन्डाको सेतोभन्दा पहेँलो भाग खानु लाभदायी हुन्छ भन्ने लाग्छ । खासमा पहेँलो भन्दा सेतो भाग नै शरिरको लागि लाभदायी हुन्छ । केही मानिसले त अन्डाको सेतो भागलाई हटाएर पहेँलो मात्र खाने गरेको पानि पाइन्छ । तर, यो गलत हो । बरु, पहेँलो छुट्याएर सेतो भाग मात्रै खानु राम्रो हो ।

अन्डाको सेतो भागका फाइदा के के छन् त ?

कोलेस्ट्रोलको मात्रा शून्य – अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । मधुमेहका रोगीले अन्डाको सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।

आवश्यक प्रोटिन – अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पहेँलो भाग खानुपर्ने आवश्यकता पर्दैन । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।

न्यून क्यालोरी – अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । सैले ब्रेकफास्टका लागि सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन ।

बोसोरहित – अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ । यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।

उचित खनिज – अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ । यसमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?