सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी (विज्ञप्तिसहित)

लोकपथ
1.6k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शान्ति सुरक्षाको कारण देखाउँदै आज (बुधबार) बिहान ११ बजेदेखि राति १२ बजेसम्मको लागि सिन्धुली सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जिल्लाको कमलामाई नगरपालिका स्थित स्टल बजार, जुनारचोक, बस पार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रकाई शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो । प्रशासनले निषेधाज्ञाको कारण भने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?