प्रदेश नं १ का मुख्यमन्त्री राईले कार्तिक ३० गते विश्वासको मत लिने

लोकपथ
117
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कार्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम गत कार्तिक १५ गते गठबन्धन दलहरुको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने प्रावधान अनुसार राईले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि आगामी कार्तिक ३० गतेको लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राईले आफूले विश्वाशको मत लिएर मात्रै मन्त्रिमण्डल विस्तार गर्न लागेको बताएका छन् ।

यसअघि गत कार्तिक १५ गते बसेको प्रदेश सभाको बैठकमा भीमप्रसाद आचार्यले मूख्यमन्त्रीबाट राजीनामा दिएका थिए । आचार्य आफू अल्पमतमा परेपछि विश्वासको मतको प्रक्रियामा नगइ राजीनामा दिएका थिए । उनले राजीनामाको घोषणा गरेपछि कार्तिक २३ गतेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो । तर राईले कार्तिक ३० गते विश्वासको मत लिने भएपछि बैठक सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?