४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

लोकपथ
195
Shares

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापवाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज पनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?