विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

लोकपथ
845
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ७७ पैसा साथै बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?