टी-ट्वान्टी विश्वकप : फाइनल पुग्न इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

लोकपथ
949
Shares

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् ।

अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १  हार ब्यहोरेको छ । न्युजिल्याण्डले समेत ५ मध्य ४ मा जित र १ हार ब्यहोरेको छ ।

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?