टी-२० सिरिजमा रोहित शर्माले भारतीय टिमको कप्तानी गर्ने

लोकपथ
231
Shares

काठमाडौं । न्युजिल्याण्डविरुद्ध हुने सिरिजका लागि भारतले आफ्नो टिमको घोषणा गरेको छ । नोभेम्बर १७ बाट सुरु हुने टी–२० सिरिजका लागि रोहित शर्माले भारतीय टिमको कप्तानी गर्नेछन् ।

यसअधि भारतीय टिमको कप्तानी विराट कोहली गरिरहेका थिए । विराटले टिमको कप्तानी छोडेसँगै रोहितले टी–२० टिमको नेतृत्व गर्ने भएका हुन् ।

विराट सहित तीन खेलाडीलाई न्युजिल्याण्डविरुद्धको खेलमा आराम दिईएको छ । टी–२० मा हार्दिक पाण्डेयालाई चयन गरिएको छैन । आइपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीलाई भारतीय टिममा मौका दिईएको छ ।

न्युजिल्याण्डविरुद्ध रोहितले टिमको नेतृत्व गर्दा केएल राहुल उपकप्तान रहनेछन् ।

ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?