पर्सामा छठ पूजाको सबै तयारी पूरा

लोकपथ
35
Shares

पर्सा जिल्लामा छठ पूजाको सबै तयारी पूरा भएको छ । जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गविरङ्गी पारी सजाइएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफु लागि परेको बताए। वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?