जलवायु परिवर्तनसम्बन्धी समाचारमा विज्ञानका तर्क समावेश गर्न सुझाव

लोकपथ
7
Shares

जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पु¥याउन सम्बन्धित क्षेत्रका अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीले अनिवार्यरुपमा समेटनुपर्नेमा जोड दिइएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारले सो सुझाव दिएका हुन्। नेफेजले जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत् र बाढीपहिरोमा पारेको असरबारे सञ्चारकर्मीलाई प्रदान गरेको लेखनवृत्तिअन्तर्गत प्रकाशित स्थलगत समाचारको समीक्षात्मक कार्यक्रममा विज्ञ र सञ्चारकर्मीको अन्तक्र्रिया गरिएको हो । नेफेजले इकोनोमिक पोलिसी इन्क्युवेटर (इपीसी)सँग मिलेर तीनजना सञ्चारकर्मीलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

कार्यक्रममा समाचार सङ्कलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र विज्ञहरुको प्रस्तुति गरिएको थियो । विज्ञहरुले सञ्चारकर्मी र पत्रकारले नियमितरुपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेटन आग्रह गरे । उनीहरुले जलवायु परिवर्तनको विज्ञान, अध्यनन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरु अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?