हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
70
Shares

लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१. राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा तीनवटा प्रदेशका प्रमुखलाई पदमुक्त, प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेशप्रमुख नियुक्त ।

२. न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसनले सुरु गरेको आन्दोलन आज पनि जारी, आन्दोलनप्रति सत्ता गठबन्धन मौन बसेको भन्दै वकिलहरूको असन्तुष्टि ।

३.सर्वोच्च अदालतका न्यायाधीशद्वारा प्रधानन्यायाधीशले तोकेका इजलास बहिष्कार, बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ भएन ।

४. भोलि छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै, कोरोना घटेकाले यस वर्ष ब्रतालु उत्साहित, देशैभरका छठघाट सिंगारेर भकिझकाउ ।

५. सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत उपलब्ध गराउने, खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारी नीति ।

६. व्यवसायको लागि सहज वातावरण बनाइदिन गृहमन्त्री खाँणको सुरक्षा निकायलाई निर्देशन, वर्तमान राजनीतिक परिस्थितिलाई सहजीकरण गर्दै अघि बढाउन सरकार प्रतिबद्ध ।
७. पाँचदलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने, समितिलाई कसैले राजनीतिक हतियारका रुपमा प्रयोग गर्न नहुनेमा संयोजक रामचन्द्र पौडेलको जोड ।

८. नेपालमा विकास नचाहने तत्वले एमसीसीबारे भ्रम छरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको दाबी, सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवा ।

९. मंगलबार नेपालमा कोरोनाका ५ सय ३३ जना नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ४ सय ८४ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।
१०. मोरङ कारागारमा कैदीबन्दीबीच झडप, झडपमा कारागारका चौकीदारसहित ६ जना घाइते ।
११. नेपाली सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ७९ अंकभन्दा माथिको गिरावट, सेयर कारोबार रकम भने ६ अर्बभन्दा बढी ।

१२. पश्चिम अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २६ जना बालबालिकाको मृत्यु, आगलागीमा परेर १३ जना घाइते ।

१३. युरोपियन मुलुक छिर्न पोल्याण्ड सीमामा हजारौँ आप्रवासीको भीड, भीडले सीमामा लगाइएको काँडेतारको बार हटाउन खोजेपछि सैनिक परिचालन, बेलारुसँगको सीमा बन्द गरियो ।

१४. यूएईमा जारी टि–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल खेल बुधबार र बिहीबार हुँदै, पहिलो सेमिफाइनलमा न्यूजल्याण्ड र इग्ल्याण्ड भिड्दै ।

१५. खेलाडीमा कोरोना देखिएपछि पपुवा न्यूगिनी (पीएनजी)ले महिला विश्वकप छनोट क्रिकेट नखेल्ने, पीएनजी नोभेम्बर २१ बाट जिम्बाब्बेमा हुन लागेको छनोट खेलबाट बाहिरियो ।

https://www.facebook.com/lokpath/videos/211723904433784

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?