प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा थपिए कोरोना संक्रमित

RSS
442
Shares

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, संखुवासभा र उदयपुरमा एकरएक जना गरी कूल ९५ जनामा संक्रमण देखिएको हो ।

सो संक्रमित ५ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र १ सय १० को एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?