काठमाडौं । शहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेको छ ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अर्को व्यवस्था नभएसम्मका लागि उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेकी हुन् ।
गत कार्तिक १४ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यहरू तत्कालका लागि रोकेकी हुन् ।
निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाइ कार्यान्वयन गर्न उपयुक्त रहेको बताउँदै उक्त प्रक्रिया रोकिएको जानकारी गराइएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘उपभोक्ता समितिबाट कार्य गराउँदा कार्यमा एकरुपता नभएको निर्माण कार्यमा प्रतिष्पर्धा नभएको, गुणस्तर कायम गर्न जटिल भएको र ऐन, नियमन भएको व्यवस्था पालना नभएको भनि महालेखा परिक्षकको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुमा उल्लेख भएको, मन्त्रालयबाट अनुगमनका क्रममा समेत देखिएको सन्दर्भमा उपभोक्ता समितिबाट गराइने निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाइ कार्यान्वयन गर्न उपयुक्त हुने देखिएकाले अर्को व्यवस्था नभएसम्म उपभोक्ता समिति मार्फत गरिने सम्पूर्ण खरिद कार्यहरु तत्काल रोक गर्ने नेपाल सरकार (मा.मन्त्रिस्तरीय) को २०७८÷०७÷१४ मा निर्णय भएकाले सोही बमोजिम गर्नु गराउनुहुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया