प्रधानसेनापति ३१ गते पाकिस्तान जाने

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा जार्दै छन् । यही महिनाको ३१ गते सोमवार उहाँ पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, पाकिस्तानी सेनाका प्रमुख जुवायर महमुदको निमन्त्रणमा पाकिस्तान जान लाग्नु भएको हो । उहाँको भ्रमण जेठ १ गतेदेखि ३ गतेसम्म हुने छ । 

उक्त भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुने छन् । 

जनसम्पर्क निर्देशनालयलले यस किसिमको उच्चतहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र देशका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध थप प्रभागढ,  द्विपक्षीय हित र पारस्परिक हुने विश्वास गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?