पार्टीमा विचलन देखिएका बेला मिलन पाण्डेले भेटे घनश्याम भुसाल

लोकपथ
1.9k
Shares

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक मिलन पाण्डेले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालसँग भेटघाट गरेका छन् ।

मंगलबार (आज) दिउँसो भुसालसँग भेटघाट गरेको नेता पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

साझा विवेकशील भित्र विचलन बढिरहेका बेला नेता पाण्डेले भुसालसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नेता पाण्डेसहितको टोलीले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका थिए ।

आजको भेटघाटको क्रममा वीपी कोइरालादेखि उज्जल थापासम्म र २००७ सालको क्रान्तिदेखि इनफ इज इनफसम्मको आन्दोलनको बारेमा चर्चा परिचर्चा भएको उनले नेता पाण्डेले जानकारी दिए ।

‘आज नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालजीसङ्ग छलफल गर्‍यौँ। बिपी कोइरालादेखि उज्वल थापासम्म, सात सालको क्रान्तिदेखि विवेकशील आन्दोलन र इनफ इज इनफसम्मको मुभ्मेन्टसम्म र तिनको तरङ्ग र तिनले स्थापित गरेको भाष्यबारे खुलेर कुराकानी भयो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेता पाण्डेले फरक पार्टीका मानिसहरुसँग संवाद गर्दा नयाँ अनुभवहरु आदाप्रदान हुने र एकै कुरालाई फरक दृष्ट्रिकोणबाट बुझ्ने मौका पाइने बताए ।

उनले भने, ‘फरक पार्टीका साथीहरूसँग संवाद गर्दा अनुभव आदानप्रदान मात्रै हुँदैनन् एउटै कुरालाइ हेर्ने फरक दृष्टिकोण बुझ्ने मौका पनि पाइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?