पुटिन-बाइडेन शिखर वार्ताको मिति तोकिएको छैन : क्रेमलिन

लोकपथ
98
Shares
President Joe Biden and Russian President Vladimir Putin, arrive to meet at the ‘Villa la Grange’, Wednesday, June 16, 2021, in Geneva, Switzerland. (Saul Loeb/Pool via AP)

काठमाडौं । रुस र संयुक्त राज्य अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र जो बाइडेनबीच भेटवार्ताको आवश्यकता बुझे पनि बैठकको लागि समय भने तोक्न बाँकी छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई दिएको जानकारी अनुसार ‘दुई नेता बीच बैठक हुनु आवश्यक छ र दुई राष्ट्रपतिले संवाद जारी राख्नुपर्छ भन्ने बुझाइ छ तर अहिलेसम्म वार्ताको कुनै निश्चित समयसीमा भने तोकिएको छैन ।’

प्रवक्ताले पुटिन र बाइडेनले अर्को वर्षको शुरुमा भेट गर्न सक्ने सङ्केत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?