कोरोना अपडेट : मंगलबार थप ५३३ जनामा संक्रमण पुष्टि

लोकपथ
195
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको १६ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा ५३३ संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ जनाको एन्टीजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ४८४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?