कम्बोडियाले आफ्नो ६८औँ स्वतन्त्रता दिवस मनायो

लोकपथ
84
Shares
Balloons are released at the Independence Monument during a ceremony marking Cambodia’s Independence Day in Phnom Penh on November 9, 2020. – Cambodia is celebrating its 67th anniversary of its independence from France in 1953. (Photo by TANG CHHIN Sothy / AFP)

कम्बोडिया । कम्बोडियाले मङ्गलबार ६८औँ स्वतन्त्रता दिवस मनाएको छ । राजधानी नोम पेन्हको स्वतन्त्रता स्मारकमा एक घण्टा लामो समारोहसहित उक्त स्वतन्त्रता दिवस मनाएको समाचारमा जनाइएको छ । राजा नोरोडोम सिहामोनी र प्रधानमन्त्री सम्देच टेको हुनसेन सयुक्त रुपमा स्वतन्त्रता स्मारकमा माल्यार्पण गरी दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा विदेशी कूटनीतिज्ञ, सशस्त्र बल, निजामती कर्मचारी, नागरिक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । उनीहरु सबैले कोभिड–१९ बाट बच्न अनुहारको मास्क लगाएका र शारीरिक दूरी कायम राखेका समाचार उल्लेख गरिएको छ ।

हुन सेनले नोभेम्बर ९ फ्रान्सबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउँदै स्वर्गीय राजा नोरोडम सिहानुकले सुरु गरेको महान अभियानको सम्झना गरेका छन् । नोरोडोम सिहानुकलाई कम्बोडियामा स्वतन्त्रताका पिताको मानिन्छ ।

उत्सवको अन्त्यमा, स्वतन्त्रता र स्वतन्त्रताको प्रतीकको रूपमा परेवा र बेलुनहरू छोडिएको थियो । दक्षिणपूर्वी एसियाली राष्ट्रले फ्रान्सेली औपनिवेशिक शासनको ९० वर्षपछि नोभेम्बर ९, १९५३ मा आफ्नो स्वतन्त्रता प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?