यसरी बनाउन सकिन्छ नङलाई सुन्दर र आकर्षण

नङले हातको सुन्दरता बढाउने गर्छ । हातको नङ मात्र नभएर खुट्टाको नङले सुन्दरता बढाउछ । हात खुट्टा जतिसुकै सुन्दर भएपनि नङ राम्रो भएन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । 

महिलाका सौन्दर्यका लागि खुट्टाको भन्दापनि हातको नङले अझै महत्वपूर्ण हुन्छ । 

हात अघि सार्दा नङ देखिन्छ । फोहोर, दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातको सौन्दर्यमा असर पर्छ । 

सुन्दर तथा सही आकारमा काटिएका, सुहाउँदो रङमा नेनपोलिस लगाउँदा नङ सुन्दर देखिनुका साथै तपाईंको व्यक्तित्वमा निखार समेत ल्याउन मद्दत गर्छ । प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङमा विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । 

कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ । भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । 

नङलाई सुन्दर र स्वस्थ बनाउने तरिकाः

– कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ ।
– टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ ।
– मोइस्चराइजर वा कन्डिसनिङयुक्त नेल पोलिस तथा रिमुभरको प्रयोग गरेको राम्रो हुन्छ ।
–  नङको प्रयोग गरेर काम गर्ने बानीलाई कम गर्नुपर्छ ।
– सन्तुलित खाना खाने र सफा पानी पिउनु पर्छ ।
–  नङ सफा गर्दा तीखो वस्तुको प्रयोग गर्नु हुँदैन ।
–  नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु राम्रो हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?