सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना, १९ जना घाइते, एकको अवस्था गम्भीर

लोकपथ
168
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा यात्रुवाहक माइक्रो बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको चौतारा हुँदै काठमाडौंतर्फ आइरहेको बा२ख २६१२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पताल रिफर गरिएको छ । प्रहरीका अनुसार माइक्रो २० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको छ । मोडमा ब्रेक नलागेपछि माइक्रोबस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?