तीन प्रदेशका प्रमुख फेरिए, सुदूरपश्चिममा देवराज जोशी

लोकपथ
2.5k
Shares

काठमाडौं । सरकारले यसअघि नियुक्त भएका तीन प्रदेशका प्रमुखहरु फेर्ने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो ।

जसअनुसार प्रदेश नं १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परिवार र सुदूरपश्चिममा देवराज जोशीलाई पठाउने निर्णय गरेको हो ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाउँदै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । तीनै प्रदेश प्रमुखहरु राजनीतिक भागबण्डाको आधारमा नियुक्त गरिएको हो । जसमा प्रदेश नं १ मा एकीकृत समाजवादी, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा नेपाली कांग्रेसको भागबण्डामा परेको छ ।

यसअघि नै प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

सोमबार तीनै प्रदेशका प्रमुखहरु नियुक्तीको सिफारिस राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ । नयाँ प्रदेश प्रमुखहरुको सपथ छिट्टै गराउने तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?