राताम्य सेयर बजार: ७९.७९ अंकले घट्यो नेप्से, ६ अर्ब ५२ करोडको कारोबार

लोकपथ
299
Shares

काठमाडौं । तिहारपछिको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजारमा भारी अंकको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २७४९ दशमलव ८५ बिन्दुमा पुगेको छ । नेप्से आज २ दशमलव ८२ प्रतिशतले घटेको हो ।

यता ठूलो कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १६ दशमलव ०२ अंकले घटेर ५१२ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार कुल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कुल १३ उपसमूहमा १३ वटै समूह राताम्य बनेको छ । आज फाइनान्स र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । फाइनान्स समूहको सेयर मूल्य ५ दशमलव २९ प्रतिशतए घटेको छ भने विकास बैंक समूहको सेयर मूल्य पनि ५ दशमलव २३ प्रतिशतले घटेको छ ।

यता, तेह्रथुम पावर, शाहस ऊर्जा र मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाउँदा आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले २९ करोड ८२ लाख ८१ हजारभन्दा बढीको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?