यात्रुवाहक बसलाई लक्षित गरी बम विस्फोट

काठमाडौं । विप्लप माओवादीले आइतबार नेपाल बन्दको आह्वान गरिको छ । बन्दको प्रत्यक्ष प्रभाव उपत्यकाभन्दा बहिर परेको छ । 

झापाको मेचीनगनर–७ स्थित पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा पार्किङ गरी राखेको सूर्योदय यातायातको बसलाई  लक्षित गरी बम विस्फोट भएको हो । 

आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रहरीले विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाको ना१झ १३३४ नम्बरको मोबाइल गाडीमा ढुंगा प्रहार भएको छ । 

धनकुटा ९, रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको गाडीमाथि ढुंगा प्रहार भएको हो । 

कोशी राजमार्ग अन्तरत धरान– धनकुटा सडकखण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजाने क्रमममा उक्त गाडीमाथि अज्ञात समूहले ढुंगा हानेको हो ।

ढुङा प्रहारबाट भ्यानको अगाडी पट्टी सामान्य क्षति पुगेको छ । यसबारे अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । 

बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले पे्रसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए । बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो । 

प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उनले दिए । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए । 

नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो । प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो । नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?