मलेसियाका प्रधानमन्त्री इन्डोनेसिया जाने

लोकपथ
234
Shares

मलेसिया । मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकोबले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । मलेसियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मंगलवार र बुधबार उनले इन्डोनेसियाको भ्रमण गर्ने भएका हुन् । गत अगस्टमा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि उनको यो पहिलो छिमेकी देशको भ्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा उनले इन्डोनेसियाका प्रधानमन्त्री जोको विडोडो भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उनले मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई पनि भेट्ने भएका छन् । “उहाँको यस भ्रमणले नेताहरुलाई सहकार्य र समझदारीका साथ अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ,” विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीले पारेको प्रभाव र त्यसका लागि एक आपसलाई गर्न सकिने सहयोगका बारेमा पनि उनीहरुका बीचमा छलफल हुने मन्त्रालयले जनाएको छ । उनले मलेसियाका जनप्रतिनिधि, मलेसियाबाट इन्डोनेसियामा गएका आप्रवासी, उद्यमी व्यवसायी लगायतसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?