२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्तप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडाैं : प्रधानमन्त्री के.पी. शर्मा अोलीले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । 

नेपाल भ्रमणमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री राउतले भारतीय पक्षका अगाडी नेपालको संविधान विभेदकारी रहेको अभिव्यक्ति दिएका थिए । राउतको यो अभिव्यक्तिमाथि चाैतर्फी अालोचना भइरहेको छ ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे अार्इतबार संसदलार्इ जानकारी दिने क्रममा अोलीले राउतको नाम नलिर्इ 'अभिनन्दनका क्रममा व्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त रहेको' प्रतिक्रिया दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?