काठमाडौं । दिवालीको अवसरमा ब्रिटेनले भारतका राष्ट्रपिता महात्मा गान्धीको स्मृतिमा ५ पाउण्डको स्मारक सिक्का जारी गरेको छ। ब्रिटेनको वित्त मन्त्री ऋषि सुनकले महात्मा गान्धीको जीवन र विरासतलाई रेखान्कित गर्दै यो सिक्का जारी गरेका हुन्।
राष्ट्रपिताको स्मृतिमा सुन र चॉंदीसहित धेरै मानकहरूमा उपलब्ध, विशेष संग्राहक सिक्का जारी गरिएको छ। यसमा गान्धीको प्रसिद्ध कथनहरूमा एउटा ुमेरो जीवन मेरो सन्देश होु का साथै भारतको राष्ट्रिय फूल कमलको एउटा छवि रहेको छ।
राष्ट्रपिताको स्मृतिमा सून र चॉंदीसहित धेरै मानकहरूमा उपलब्ध, विशेष संग्राहक सिक्का जारी गरिएको छ। यसमा गान्धीको प्रसिद्ध कथनहरूमा एउटा ‘मेरो जीवन मेरो सन्देश हो’ का साथै भारतको राष्ट्रिय फूल कमलको एउटा छवि रहेको छ।
भारतीय मूलका सुनकले यस अवसरमा भने, ‘यो सिक्का एउटा प्रभावशाली नेतालाई उचित श्रद्धाञ्जली हो, जसले विश्वका लाखौं मानिसहरूलाई प्ररित गरेका छन्। एक हिन्दू भएको नातामा दिवालीको अवसरमा यो सिक्काको अनावरण गर्दा मलाई गर्व लागेको छ। महात्मा गान्धीले भारतीय स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए। पहिलोपल्ट उनको उल्लेखनीय जीवनको स्मृतिमा ब्रिटेनको सिक्का जारी गर्नु शानदार छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया