चितवनको भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

काठमाडौं । चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा आइतबार बम विस्फोट भएको छ । 

आइतबार बिहान पौने ४ बजे बम विस्फोट भएको हो । विस्फोटबाट सुपरमार्केटको सिसाहरु फुटेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए । 

त्यस्तै सुपरमार्केटको कम्पाउण्डमा बम विस्फोट हुँदा नजिकै रहेको रोयल सेञ्चुरी होटलको समेत झ्यालको सिसाहरु फुटेका छन् । 

यसैगरी पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडी समेत बम विस्फोट भएको छ । आज बिहान भएको सो विस्फोटबाट भने कुनै क्षती नभएको प्रहरीले जनाएको छ । 

बम विस्फोट कसले गराएको हो भन्ने एकिन नभएपनि बन्दकर्ता नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

नेत्र विक्रम चन्द ‘विप्लव’ आह्वान गरेको नेपाल बन्दका कारण चितवनमा लामो तथा छोटो दुरीका यात्रुबाहक बस सञ्चालनमा आएका छैनन् भने बजार छुटफुट रुपमा मात्रै खुलेका छन् । 

जारी कक्षा ११ को परीक्षा सञ्चालनमा भने कुनै असर नपरे पनि अन्य शैक्षिक संस्था भने बन्द छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?