चिनियाँ अधिकारीद्वारा सभामुख र अर्थमन्त्रीसहितको टोलीलाई भेट्न अस्वीकार

लोकपथ
2.6k
Shares

सिन्धुपाल्चोक । तातोपानी–खासा नाकामा चिनियाँ अधिकारीहरुले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गर्न अस्वीकार गरेका छन् ।

सभामुख र अर्थमन्त्रीसहितको टोली कार्तिक २२ गते तातोपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् ।

चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको छ ।

चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?