जनकपुरको जानकी राज होटलबाट ९ जना जुवाडे पक्राउ

लोकपथ
84
Shares

धनुषा । जनकपुर उपमहानगरपालिका-२ शिव चोकस्थित एक होटलमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

शिव चोकमा रहेको होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका-१३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साहलगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ६६ हजार ९ सय रुपैयाँ, १ हजार ७ सय ५० भारतीय रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?