सेयर बजारमा उच्च अंकको गिरावट

लोकपथ
1.1k
Shares

काठमाडौं । आज मंगलबार सेयर बजार ओरालो लागिरहेको छ । बजार खुलेको २ घण्टा बित्दा सेयर बजारमा ६१ अंकको गिरावट आएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार मापक नेप्से परिसूचक ६१ दशमलव ३४ अंकले घटेर २७६८ दशमलव ३४ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ७४ अंकले घटेर ५१७ दशमलव १० बिन्दुमा पुगेको छ ।

यस अवधिसम्म २२२ कम्पनीको ५३ लाख ९६ हजार ७९२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १८ करोडभन्दा बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १३ वटै उपसमूहको सेयर मूल्य घटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?