रक्षामन्त्री रिजाल र संयुक्त राष्ट्र संघका सहायक महासचिव सान्डर्सबीच भेटघाट

लोकपथ
390
Shares

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजाल र संयुक्त राष्ट्र संघका सहायक महासचिव क्रिस्चियन एफ सान्डर्सबीच शिष्टाचार भेटघाट भएको छ ।

मंगलबार रक्षा मन्त्रालयमा रक्षामन्त्री र सहायक महासचिवबीच भेटघाट भएको हो ।

भेटघाटका क्रममा शान्ति सेनामा नेपाल र नेपाली सेनाको अद्यावधि रहेको गौरवशाली योगदान र भविष्यमा विस्तारित र थप प्रभावकारी नेतृत्वदायी भूमिकाबारे छलफल भएको मन्त्री रिजालले जानकारी दिए ।

‘भेटघाटमा शान्ति सेनामा नेपाल र नेपाली सेनाको अद्यावधि रहेको गौरवशाली योगदान र भविष्यमा विस्तारित र थप प्रभावकारी नेतृत्वदायी भूमिकाबारे छलफल भयो’, मन्त्री रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?