एजेन्सी:गलत बिजुली बिलको भार थेग्न नसकेपछि फलफूल पसलेले आत्महत्या गरेकाछन् ।
भारतको महाराष्ट्र प्रान्तको औरंगाबाद जिल्लाका एक फलफूल पसलेलाई बिजुली कार्यालयबाट ८ लाख ६४ हजार रूपैयाको बिल आइपुगेको थियो ।
३६ वर्षीय जगन्नाथ शेलकेले बिजुली कार्यालयले सम्पत्ति जफत गर्ने दिएको धम्की सहन सकेनन् । उनले बिजुलीको बिल भुक्तान गरेपछि आत्महत्या गरे । उनले छोडेर गएको आत्महत्या पत्र (सुसाइड नोट)मा बिजुली बिलको कुरो उल्लेख छ ।
उनको वास्तविक बिल २ हजार ८ सय भारु बराबरको मात्र थियो । तर बिजुली विभागले उनको कुनै सहयोग गरेन् । यो हिसाब मिलान गर्न कयौं पटक विभाग पुगे । तर उनकाे केही लागेन । आत्महत्या गरेपछि प्रहरीले गलत बिल पठाउने एक अधिकारी विरूद्ध मुद्दा दायर गरेको छ । ती अधिकारीलाई निलम्बन समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया