कट्रिना र विक्कीले लिए जुहुमा अपार्टमेन्ट, डिसेम्बरमा विवाहको चर्चा

लोकपथ
1.4k
Shares

काठमाडौं । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल यतिबेला आफ्नो विवाहको खबरले चर्चामा छन् ।

रिपोर्टहरूका अनुसार, जोडीले एक था टाइगर निर्देशक कबीर खानको घरमा रोका समारोह आयोजना गरेका थिए। यसबाहेक धेरै रिपोर्टका अनुसार दुवैले आफ्ना साथीहरुलाई डिसेम्बरमा फ्री बस्न भनेका छन् । तर, अहिलेसम्म दुवैले विवाहमा कसैलाई निम्तो दिएका छैनन् ।

आफ्नो जीवनको यो नयाँ सुरुवात हुनुअघि, यो बलिउड जोडीले आफ्नो लागि एक घर फेला पारेको छ। मिडिया रिपोर्टका अनुसार हालै फिल्म सरदार उद्यम सिंहमा देखिएका विक्की कौशल र सूर्यवंशी अभिनेत्री कट्रिना कैफले मुम्बईको जुहुमा रहेको एउटा अपार्टमेन्टको लागि ठूलो रकम तिर्नेछन् ।

यो अपार्टमेन्टमा सिफ्ट भएपछि यो जोडी भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको छिमेकी बन्नेछन् ।

विक्की कौशल र कट्रिना कैफको विवाहलाई लिएर उनका फ्यानहरु निकै उत्साहित छन् । रिपोर्टका अनुसार यो जोडी बिहेपछि जुहुको एउटा विलासी अपार्टमेन्टमा सिफ्ट हुनेछन् ।

यो घर किन्न विक्की कौशलले मोटो रकम तिरेको बताइएको छ । जानकारीका अनुसार विक्कीले जुहुको प्यालेसको एउटा आलिशान भवनमा ६० महिना अर्थात् ५ वर्षको लागि अपार्टमेन्ट भाडामा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?