१७ चैत्र २०७९, शुक्रवार

उकालो लाग्यो शेयर बजार

२०७४,आश्विन,२४,मंगलवार १०:१७

0
Shares

काठमाडौँ, २४ असोज ।लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८