देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

लोकपथ
42
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

यसैक्रममा मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ६४ वर्षीय शेर बहादुर बस्नेत सोही ठाउँस्थित पशुपती सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१९ लेक बस्ने ५९ वर्षीया समिता पुन घर नजिकै खरबारीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै धादिङ, गल्छि गाउँपालिका-२ बेल्खुस्थित त्रिशुली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १६ वर्षीया किशोरी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?