काठमाडौँ-पछिल्लो तीन वर्षमा बजारमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको संख्यामा ४० लाखले वृद्धि भएको छ । नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९ सय ५३ संख्यामा ग्यास सिलिन्डर प्रमाणीकरण गरेकोमा अहिले १ करोड २ लाख २२ हजार ७ सय ४३ पुगेको हो । पौने तीन करोड जनसंख्या रहेको मुलुकमा १ करोडभन्दा बढी ग्यास सिलिन्डर रहेका छन्, आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित पाँच सदस्यीय उपसमितिले गरेको अध्ययनले ५६ वटा ग्यास बोटलिङ प्लान्टमा १ करोड २ लाख २२ हजार ७ सय ४३ संख्यामा सिलिन्डर रहेको फेला पारेको हो । उपसमितिले ५६ वटा उद्योगसँग बजारमा कति संख्यामा सिलिन्डर छन् भनेर अध्ययन गरेको थियो । उद्योगीले नयाँ सिलिन्डर बजारमा ल्याउदा निगमसँग अनिवार्यरुपमा स्वीकृत लिनुपर्छ । नाकाबन्दीका बेला व्यवसायीले पुराना सिलिन्डर नसाटेर नाफा कमाउनका लागि नयाँ सिलिन्डर बजारमा पठाएकाले पनि धेरै संख्यामा सिलिन्डर रहेको निगमको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया