मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
858
Shares

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार  छापवाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?