सनराइज बैंक र प्राइम बैंकद्वारा लाभांश घोषणा, कुनको कति ?

लोकपथ
481
Shares

काठमाडौं । सनराइज बैंकले बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकको हाल कायम चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै प्राइम बैंकले आफ्ना सेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश सेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?