डिसहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनामा दुई भाग्यशाली विजेतालाई स्पेन घुम्ने अवसर

लोकपथ
63
Shares

काठमाडौं । डिसहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गतेदेखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्सन लिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

कार्तिक १७ गते बुधबार गरिएको ‘लक्की ड्र’मार्फत प्रभु टिभी जडान गर्ने काठमाडौंका धुर्व कार्की (CasID 2549606982) र डिसहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952) छानिएका हुन् ।

यस ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटी टिभी, नेपाच्यानललगायतका च्यानलहरु र डिसहोमको फेसबुक पेजमा गरिएको थियो । विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र लालिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

यो ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना अझै पनि डिसहोम, प्रभु टिभी, सिम टिभी, डिसहोम फाइबरनेटकम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?