२० माघ २०७९, शुक्रवार

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

२०७८,कार्तिक,२३,मंगलवार ११:०१

63
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,२३,मंगलवार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गंगा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको

वीरजंग । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२