काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ ।क्याम्प नाउमा सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो ।
४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौता हस्ताक्षर गरेका छन् ।
मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए । जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।
सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई आठ पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया