बीमासम्बन्धी ठगीमा संलग्न देखिए कारबाही गर्छौँँ : समिति

लोकपथ
21
Shares

बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै किर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बीमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहन समेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो ।

समितिमा बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बीमाका नाममा विभिन्न किर्ते र जालसाजीपूर्ण कागजात पेस गरी ठगी गर्ने गरेको, किर्ते कागजात एवं विवरणका आधारमा बीमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका किर्ते कागजात पेस गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ ।

यस्ता कानुनविपरीतका क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राही समेत पीडित भई बीमाप्रति जनविश्वास घट्नाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा सम्लग्न नहुन र सम्लग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?