कोरियन भाषा परीक्षा पुनः सञ्चालनको तयारी

लोकपथ
14
Shares

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ। ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुुरु भएसँगै नयाँका लागि भाषा परीक्षा लिने तयारीको बाटो खुुलेको हो। त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँका लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए । गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?