मुख्यमन्त्रीले निर्देशन दिएको ४ घण्टामै बन्यो प्रहरी बिट

लोकपथ
532
Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगर नगरपालिका–४, खोर्केमा रहेको प्रादेशिक शहीद पार्कमा निर्देशन दिएको चार घण्टामै प्रहरी अस्थायी विट स्थापना भएको छ।

आइतबार बिहान ९ बजे पार्कको अवलोकन गरी असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए ।

करिब चार घण्टापछि १२ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हबल्दार देवेन्द्र मल्लको कमाण्डमा पाँच जनाको प्रहरी टोली पार्कको सुरक्षामा खटाइएको छ। पार्कको संरक्षणको जिम्मा लिएको भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर कार्कीले पार्कमा असुरक्षा बढेको, दुव्र्यसनीहरूको अखडा बन्ने जोखिम भएकाले प्रहरीको अस्थायी विट स्थापनाको माग गरेका थिए । उक्त मागलगत्तै मुख्यमन्त्री शाहीले प्रदेश प्रहरी कार्यालयलाई बिट स्थापना गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री शाहीले पार्क प्रवेश गर्ने गेटको बाँकी सबै काम एक हप्ताभित्र सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?